रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक गेम्समा पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । दोस्रो स्थानको चीनमाथि अमेरिकाले ८ स्वर्णपदकको अग्रता लिइसकेको छ ।
अमेरिकाको २१ स्वर्ण, १५ रजत र १९ कास्यसहित ५५ पदक छ । चीनको १३ स्वर्ण, ११ रजत र १७ कास्यसहित ४१ पदक छ ।
त्यस्तै ९ स्वर्णसहित बेलायत तेस्रो हुँदा ८ स्वर्णको जर्मनी चौथो स्थानमा छ ।
७ स्वर्णको जापान पाँचौं स्थानमा हुँदा डोपिङको चपेटामा परेको रुस ६ स्वर्णसहित छैटौं स्थानमा छ ।
अहिलेसम्म ६४ राष्ट्रले पदक जितेका छन् ।
दक्षिण एसियाबाट अहिलेसम्म कुनै पनि राष्ट्रले पदक जितेका छैनन् ।