arrow

पार्टीले जनचाहना अनुसार राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा

logo
रासस,
प्रकाशित २०७८ चैत २९ मंगलबार
kamal-thapa6.jpg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताएका छन्। आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलले समयसापेक्ष आफ्नो दर्शन, मान्यता र विचारका साथै योजना परिवर्तन गर्ने र सोहीअनुसार आफ्नो पार्टीले पनि राजसंस्था त्यागेको बताए।

राष्ट्र निर्माणमा वैकल्पिक विचार र पार्टी बनाउने उद्देश्यले आफूहरू सङ्गठित भएको बताउँदै उनले भने, “फरक विचार कसैका विरुद्ध होइन, प्रजातन्त्रको विशेषता र सौन्दर्य भनेको वैचारिक विविधता हो।” मुलुकमा अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिक क्षेत्रमा अनेक विकृति आएको तर्क गर्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री र दलहरू पूर्ण समानुपातिक प्रणालीबाट आउन सक्ने व्यवस्थाको खाँचो औँल्याए।

देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको बताउँदै उनले खुला बजारसहितको उदारवादी अर्थ व्यवस्था र सम्वद्र्धनवाद राप्रपा नेपालको महत्त्वपूर्ण वैचारिक आधार भएको स्पष्ट पारे। ‘वर्तमानका चुनौती र विकल्प’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले पारदर्शी र सुशासनसहितको प्रशासनको महत्त्वबारे प्रकाश पारेका थिए। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिबाट मुलुकमा देखिएको अर्थ व्यवस्थाका सङ्कटका साथै राजनीतिक स्थिरताबारे सुझाव सङ्कलन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ