arrow

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
kakarvitta.jpg
फाइल तस्बिर

सुरुङ्गा (झापा)। झापामा भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ। प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिँदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो।

आवश्यक कारबाहीका लागि कन्टेनरसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ