arrow

मन्त्री परिषद विस्तार हुँदै

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
singha_durbar1.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले १० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री विस्तारको तयारी गरेका हुन् ।   
 
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार भएको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि पनि तत्काल सरकार क्रियाशील हुनुपर्ने भएकाले कुनै विलम्व नगरी मन्त्रिपरिषद्मा सदस्य थप गर्न लागिएको हो ।  
 
राष्ट्रपतिको चासोपछि प्रधानमन्त्रीले आइतबार आफूले केही मन्त्री थप गर्ने तयारी गरेको जानकारी गराएका थिए ।  प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिए ।  
 
आइतबार नेकपा माओवादी केन्द्रका तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ । प्रधानमन्त्री दाहालले गत साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिएका थिए ।
 
 नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ ।  
 
त्यस्तै राप्रपाका दुई तथा नेकपा संयुक्तका एक जना मन्त्रीले बिना विभागीय मन्त्रालयको सपथ लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ