arrow

नेविसङ्घको मतदाता परिचयपत्र वितरण गरिदै

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आइतबार बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिदै छ । 
 
महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ । धेरै दिनको विवादपछि शनिबार राति निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो । 
मतदाता परिचयपत्र वितरण गरेसंगै नेविसंघ चुनावमा होमिने छ । गत आइतबार पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेपछि प्रतिनिधि विवादले महाविधेशन अगाडि बढेको छैन । यसपटक बन्दसत्र नै भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ