arrow

जनसम्पर्क समिती जापानमा डिपी कडेल प्यानलको उमेदवारी घोषणा

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
janasamparka-japan.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिती जापानको अधिबेसनको पहिलो चरण अन्तर्गत बिधान सभा सम्पन्न भैसकेको छ। २१ तारीक निर्वाचन हुने निश्चीत भइसकेपछी उमेदवारी घोषणा हुने क्रम बढेको छ। आइतवार साँझ डिपी कडेलले पत्रकार सम्मेलन सहित उमेदवारी घोषणा गर्दैछन। प्यानलका उमेदवारहरु सहित जापानमा रहेका कांग्रेस शुभेच्छुकहरु सबैलाई बोलाईएको उमेदवारी घोषणा सभामा डिपी कडेलको उमेदवारीलाई बर्तमान महामन्त्री राजेन्द्र जमरकट्टेल र बर्तमान उपसभापति पुस्करजँग थापाले समर्थन गर्नेछन्। 
 
महामन्त्रीमा रामजँग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटा लड्नेछन्। उमेदवारी घोषणाको पुर्व सन्ध्यामा सिनओकुबो स्थित एक नेपाली रेस्टुरेन्टमा बसेको बिशेष भेलाले डिपी कडेललाई सभापतीको उमेदवार बनाएर जिताउने प्रतिवद्धता जनाएको छ। भेलामा बुद्धिजीबी बिभागका पुर्व केन्द्रीय सदस्य सुबास लोहनी, एनआरएन  आईसीसी सदस्यहरु कपिल देव थापा, पारसमणी पोखरेल लगायतले मन्तब्य राखेका थिए। 
 
महाधिबेसन प्रतिनिधी पासाङ शेर्पा, कान्साई क्षेत्रीय संयोजक हरी कडेल, कान्तो संयोजक यदुराम सापकोटा, क्युसु संयोजक बासुदेब लामिछाने, कोषाध्यक्ष पेम्बा लामा, क्युसु निबर्तमान संयोजक भुपिगोबिन्द श्रेष्ठ, निबर्तमान कान्तो संयोजक प्रेम प्रसाद कडेल, केन्द्रीय सदस्य डा हरेराम अर्याल लगायत सहभागि थिए। 
 
भेलामा बोल्दै धेरै सहभागीहरुले यसअगाडी संङ्ख्याको आधारमा थोरै मतले पछाडी परे पनि आफुहरुले अहिले पनि पासाङ शेर्पालाई नै सभापती मान्ने गरेको बताएका थिए। पासाङ शेर्पाले त्यतीबेला हारेको हैन भन्ने कुरा आज आउँदा प्रमाणीत भएको उनीहरुले बताएका थिए। पार्टी २ टुक्रा हुँदा पनि एउटै रहेको जनसम्पर्क समिती जापानलाई अहिलेको सभापतीले गुटमा बिभाजन गरेको भन्ने धेरैको आरोप थियो। 
 
यही भेलाले निर्णय गरेअनुसार आज ५ बजे उमेदवारी घोषणा सभा हुनेछ। सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टमा हुने सभामा पत्रकार, अग्रज तथा शुभेच्छुकहरु सबैलाई बोलाईएको कान्तो संयोजक यदुराम सापकोटाले बताए। डिपी कडेल नेतृत्वको प्यानल कुनै गुटको नभएर जापान मा रहेका काँग्रेसहरुको प्यानल बन्ने तथा यो प्यानललाई पार्टी सभापति शेर बहादुर देउबा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला सबैले साथ दिने बनाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ