arrow

माइकल फेल्प्सले जोडे २३ औं कीर्तिमानी स्वर्ण

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
phelps.jpg.jpeg
रियो । अमेरिकी पौडीबाज माइकल फेल्प्सले ओलम्पिक गेम्समा कीर्तिमानी २३ औं स्वर्णपदक जितेका छन् । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा आइतबार बिहान भएको पुरुष ४ गुणा सय मिटर मिड्ले रिलेमा स्वर्ण पदक जित्दै फेल्प्सले ओलम्पिक स्वर्ण पदकको संख्या २३ पुर्‍याएका हुन् । यो प्रतिस्पर्धामा बेलायतले दोस्रो स्थान ओगट्यो ।
The US 4x100m medley relay team helps Michael Phelps celebrate his final Olympic gold
 
रियो ओलम्पिकमामात्र फ्लेप्सले पाँच स्र्ण जितेका छन् । यसअघि रियोमा फेल्प्सले दुई सय मिटर बटरफ्लाइ, दुई सय मिटर ब्यक्तिगत मिड्ले, चार गुणा सय मिटर रिले र चार गुणा दुई सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । 
Team GB win silver in the 4x100m Medley Relay - the sixth medal in Rio sets new best for UK swimmers in Olympic games
 
फेल्प्स ओलम्पिक खेलको इृतिहासमै सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी हुन् । उनको नाममा २३ स्वर्ण र ४ रजत पदक रहेको छ । अन्तिम पटक ओलम्पिकमा सहभागी फेल्प्सको राम्रो विदाइ भएको भन्दै अमेरिकी मिडियाले फेल्प्सको खुवै प्रशंसा गरेका छन् ।
 
ओलम्पिकमा फेल्प्सपछि सबैभन्दा धेरै स्वर्णपदक जित्ने खेलाडी पूर्वसोभियतकी जिम्न्याष्ट लारिसा लात्निना हुन् ।
 
उनको भागमा केवल ९ स्वर्णपदक छ ।  यो आँकडाले पनि फेल्प्सको कीर्तिमान सजिलै नतोडिने अनुमान गर्न सकिन्छ । 
 



नयाँ