arrow

स्कुले ठिटोबाटै राजनीति थालेका प्रशान्त नेपालगञ्जको मेयरका ‘सम्भावित उम्मेदवार’  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
prashant-bista-nepaljung.jpg

कोहलपुर । प्रशान्त विष्ट नेपालगञ्जको मेयरका प्रबल दाबेदार हुन् । नेपाली कांग्रेसबाट उनलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । नेपालगञ्जको मेयर बन्ने दौडमा रहेका लोकप्रिय युवा नेता विष्ट नेपालगञ्जका लागि चिरपरिचित व्यक्तित्व हुन् । 

मेयरको लागि कांग्रेसले उनको नाम सिफारिस गरिसकेको छ । उनीसहित १४ जनाको नाम सिफारिस भए पनि विष्टले टिकट पाए कांग्रेसले सहजै जित्ने आंकलन गरिएको छ । गठबन्धन विना एक्लै लड्दा पनि विष्टलाई निर्वाचन जित्न कठिन नहुने विश्लेषण राजनीतिक वृत्तमा छ । सबै सँगको सरल व्यवहार, सहयोगी भावना र असल स्वभावका कारण उनी लोकप्रिय छन् । दिनरात सेवाभावका साथ जनताकै माझमा रहने विष्ट अब्बल नेतृत्व क्षमता भएका नेता मानिन्छन् । 

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका विष्ट तेस्रो पटक नेपालगञ्ज नगर सभापतिमा निर्बाचित भएका व्यक्ति हुन्  । लोकप्रिय मतका साथ तेस्रो पटक नगर सभापति भएका विष्टलाई मेयरको सबैभन्दा बलियो दाबेदार मानिएको छ । स्कुले ठिटोबाट नेविसंघमा रहेर उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन् । 

उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाइ कमिटीमा आवद्ध भएका थिए ।  २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाइ कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिव चुनिएका थिए । २०५६  सालमै नेविसंघ नेपालगञ्ज अध्यक्ष बनेका विष्ट नेपालगञ्ज नगरका लोकप्रिय युवा नेता सबित भएका छन् ।  

उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेर विजयी भएका थिए । २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे ।  

२०६२–६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुर्व्यवहार तथा कयौं पटक हिरासतमा परेका थिए । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए । 

२०६८ सालमा नेपालगञ्ज नगर कमिटीमा कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगञ्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए । 

तेस्रो पटक फेरि पनि उनी सभापतिमा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ