arrow

नेविसंघ महाधिवेशनः परिचयपत्र नबाँडी रोकियो

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा फेरि अर्को लफडा भएको छ । बल्लबल्ल महाधिवेशन निर्देशन समितिले तयार गरेको महाधिवेशन प्रतिनिधिलाई नौ वर्षदेखि तदर्थ समितिमा चलेका अध्यक्ष रञ्जित कर्ण पक्षले फेरि अडेको थापेको छ । 
 
फर्जी प्रतिनिधि बनाएको विरोधमा उत्रिएको कुन्दन काफ्ले समूहलाई माथ खुवाउँदै रामचन्द्र पौडेल पक्षका अध्यक्ष रञ्जित कर्णको समूहले निर्देशन समितिले तयार गरेका प्रतिनिधि छानबिन गर्न माग गरेको छ । 
 
पौडेल समूहका अध्यक्षका आकांक्षीहरु मनोजमणि आचार्य, दीपक भट्टराई, नीलकण्ठ रिजाल र क्षितिज भण्डारी परिचयपत्र रोकाइ पाउनका लागि पौडेल पक्षका अर्का काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको घरमा भेला भएका छन् । 
 
काफ्ले र महेन्द्र शर्माको समूहले कर्ण र पार्टी सभापति शेरबहादुर देउवाका खास मान्छे ऋषिकेश शाहले १४०० फर्जी प्रतिनिधि थपेको आरोप लगाइरहँदा उल्टै तिनै नेताहरु परिचयपत्र रोक्न कक्सिनुलाई भने प्रजातन्त्र जगत् अचम्म परेर हेरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ