arrow

काँग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
congress-party-office-1.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रवार बस्दै छ। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सह महामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्।

काँग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ