arrow

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख ३ मा

logo
रासस,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
congress-party-offfice_1618126234.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ