काठमाडौं । झण्डै एक वर्ष अघि बजारमा साह्रो चर्चा पाएको घरमा लगाउने पेन्ट्सको गुणस्तरबारे धेरैले आ–आफ्नो धारणा राखे । कसैले बहकिएर भने ‘यी उद्योगहरूलाई बन्द गर्नुपर्छ, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन ।’ अलिक समझदारहरूले भने ‘यस्तो उद्योग बन्द होईन यिनीहरूलाई सच्याउनु पर्छ ।’ तर, अहिले महिनौ नाघेर वर्ष पनि काटिसक्यो । तर, न त यस्ता उद्योगहरू बन्द भए । न त यिनीहरू सुध्रिएर नै आए ।
मापदण्ड तोकिसकेपछि मापदण्डको विषयमा कत्तिको पालना गरिरहेका छन् त रु भन्ने विषयमा बुझ्नको लागि जनसंख्या तथा वातावरण मन्त्रालयले गरेको अध्ययनले पेन्ट्स उद्योगले स्वास्थ्यको लागि आवश्यक नै नरहेको तथा स्वास्थ्यलाई गम्भीर रूपमा हानी पु¥याउने लीडको मात्रा अत्यधिक रहेको देखाएको छ ।
मन्त्रालयले उद्योग विभागमा दर्ता भएका मध्ये १८ उद्योगमा गरेको अध्ययनले एउटा बाहेक अन्य सबै उद्योगमा स्वास्थ्यलाई हानिकारक लीडको मात्रा असामान्य रहेको देखाएको हो । सरकारले तोकेको मापदण्ड अनुसार ९० पार्ट पर मिलियन ९पीपीएम० अर्थात् एक लिटरमा लीडको मात्रा १० लाख मिलियन भन्ने जनाउँछ ।
मन्त्रालयका वातावरण मापदण्ड तथा अनुगमन शाखाका प्रमुख रामचन्द्र पौडेलले दिएको जानकारी अनुसार अधिकांश पेण्ट उद्योगले यस पटक पनि मापदण्ड भेट्ने गरी सामान उत्पादन गरेका छैनन् । उनले ९० पीपीएमको मापदण्ड त मन्त्रालयले स्याम्पल लिएको १८ उद्योग मध्ये जम्मा एउटा उद्योगले मात्रै पूरा गरेको जानकारी पनि दिए ।
पेण्ट्समा ९० पीपीएमसम्म मापदण्ड भित्र रहेको मान्ने गरी २०७१ साल फाल्गुन ७ गते राजपत्रमा प्रकाशित भएर २०७२ असार ५ गतेदेखि लागूहुने गरी मापदण्ड जारी भएको थियो । तरपनि मापदण्डको छेउछाउसम्म समेत नआईपुगेका पेन्ट्स उद्योगहरू खुलेहाम बजारमा हानिकारक सामग्री बेचिरहँदा पनि सरकार बेखबर छ र कुनैपनि कारबाही र यसबारे सचेतना समेत दिने गरेको छैन ।
के हुन्छ पेण्टमा बढी लीड हुँदा
जानकारहरूका अनुसार पेण्डमा लीडको मात्रा अलिकती पनि आवश्यक छैन । बरू लीड धेरै भयो भने यसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने छ । यस विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका जनस्वास्थ्य तथा वातावरण सेवा केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाह पेण्टमा लीडको कुनै आवश्यकता नै नरहेको दाबी गर्छन् । उनी भन्छन् ‘स्वास्थ्यलाई क्याल्सियम, आईरन जस्तो लीडको कुनै आवश्यकता नै पर्दैन बरु यसले स्वास्थ्यमा असर भने गर्ने गर्दछ ।
उता चिकित्सकहरू र यसै क्षेत्रमा काम गर्नेहरू लीड शरीरमा बढी परेको खण्डमा विशेषगरी बालबालिकाको मस्तिस्कमा गम्भीर असर पु¥याउने, उनीहरूको स्मरण शत्तिः दिन प्रतिदिन कमजोर हुँदैजाने र सिर्जनसिलता नै नष्ठ हुने बताउँछन् । निर्देशक शाहपनि यसको असर विशेषगरी बालबालिकाको मस्तिस्कमा पर्ने भन्दै बढी लीडहुने पेण्टस् नियन्त्रणमा सरकार नै सक्रिय हुनु पर्ने बताउँछन् । अघिल्लो वर्ष मन्त्रालयले नै गरेको अध्ययनले पनि यस्ता लीडको मात्रा बढी हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने दाबी गरेका थिए ।
कसरी प्रवेश गर्छ लीड शरीर भित्र
कुनैपनि बढी लीड युक्त घरको भित्ता तथा सिमेन्टमा लगाएको पेन्ट्स केही महिना पछि धुलोको कण बनेर भुईँमा झर्नु स्वाभाविक नै हो । यसरी धुलो बनेर भुँईमा झर्दा त्यससँगै लीडको मात्रा पनि त्यही धुलोसँगै भुईँमा झर्छ । उक्त धुलो विशेषगरी बालबच्चाले खेल्दै जाँदा हातमा लिएर मुखमा हात लैजाँदा उनीहरूले लीड निल्न पुग्छन् । त्यसैले पनि यो विशेषगरी बालबालिकामा बढी समस्या देखिएको हो ।
त्यस्तै लीडको मात्रा अत्यधिक बढी हुने भएकोले पनि यो हावासँगै पनि उड्न सक्ने हुन्छ । त्यसो गर्दा लीड हावाको माध्यमबाट पनि मानव शरीरमा पुग्ने जानकारहरू बताउँछन् ।
कुन कम्पनीको पेन्टस्मा लीडको मात्रा कति
वातावरण मन्त्रालयले गरेको अध्ययनका क्रममा भेटिएको लीडको मात्रालाई अध्ययन गर्ने हो भने सबैभन्दा बढी लीड रिलायन्स पेन्ट्समा रहेको देखिएको छ । जुन पेन्ट्समा १ लाख २४ हजार पीपीएम लीड रहेको भेटिएको छ । जुन मापदण्ड अनुसार ९० पीपीएम भन्दा बढी हुन नहुने भनेर स्पष्ट तोकेको छ ।
तर, सबैभन्दा कम अर्थात् एक मात्रै मापदण्ड अनुसार पेन्ट्समा लीडको मात्रा कायम गर्ने पेन्ट्स कम्पनीमा बर्गर जेन्सन् एण्ड निकल्सन उद्योग प्रालि रहेको मन्त्रालयको प्रतिवेदनले उल्लेख गरेको छ । यस भन्दा बाहेक अन्य पेन्ट्स कम्पनीका उत्पादनहरू भेटिएको लीडको मात्रा २०१३ र २०१५ को तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ ।