arrow

फर्जी मतदाता भित्र्याईएको भन्दै पौडेल पक्षका नेविसंघ नेताद्वारा नाराबाजी

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
NSU-strike.jpg.jpeg
काठमाडौं। नेविसंघको जारी महाधिवेशनमा शनिबार प्रकाशित गरिएको मतदाता नामावलीमा फर्जी विद्यार्थी राखिएको भन्दै नेपाल विद्यार्थी संघको एउटा पक्षले आन्दोलन सुरू गरेको छ। 
रामचन्द्र पौडेल पक्षीय विद्यार्थीहरूले मध्यान्हतिर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट नाराबाजी गर्दै काठमाडौंको भृकुटीमण्डपमा जाने तयारी गरिरहेको नेविसंघ नेताहरूले जानकारी दिएका छन्। 
 
उनीहरूले भृकुटीमण्डपमा पुगेर पत्रकार सम्मेलन गर्ने तयारी पनि गरिरहेको बताएका छन्। 
शनिबार प्रकाशित गरिएको नामावलीमा ठूलो संख्यामा फर्जी मतदाताहरू रहेको उनीहरूको आरोप छ। ३४ सय मतदाताको नामावलीमा सहमति भएको भएपनि पौडेल पक्षका मानिने अध्यक्ष रञ्जित कर्णले मतदाताको संख्या थप गरी ३७ सय ६० जनाको नामावली प्रकाशन गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ