arrow

प्रचण्डले आफ्नो पार्टीबाट पाँच मन्त्री थप्दै, प्रभु साहको ठाउँमा अजयशंकर

३ बजे सपथ

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
singha_durbar1.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले प्रधानमन्त्री निर्वाचित भएको १० दिन पछि मन्त्रिपरिषद्मा पाँच सदस्य थप्दै छन् । दाहालले आफ्नो दलको भागमा परेका ८ जना मन्त्री मध्ये पाँच जना थप गर्न लागेका हुन् । यसअघि ३ जना मन्त्रीले दहालसंगै सपथ ग्रहरण गरेका थिए ।
 
दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गर्नेहरुमा राम कार्की सूचना तथा संचार, जनार्दन शर्मा ऊर्जा, हितराज पाण्डे स्थानीय विकास, धनीराम पौडेल  विना विभागीय र अजयशंकर नायक कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहेका छन् । यद्यपि, प्रभु साहको नाम संसदीय मामिला मन्त्री हुने भन्दै चर्चा भएपनि उनी कोटाको आठ जनाभित्र परेनन् ।
 
प्रमुख सत्ता सझेदार नेपाली कांग्रेसले मन्त्री पठाउन ढिला गरेपछि माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रीहरुको मात्रै टुंगो लगाएको हो । नेपाली कांग्रेस आफ्नो भ्रातृ संगठन नेविसंघको महाधिवेशनमा लागेका कारण मन्त्रीहरुको थप मन्त्रीहरुको टुंगो लगाउन ढिलाई गरिरहेको छ । 
 
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालीकांग्रेसले नेविसंघको महाधिवेशन सकिएपछि मन्त्रीहरु थप गर्न सिफारिस गर्ने बताएको छ । केही दिनअघि राप्रपा र नेकपा संयुक्तबाट विना विभागीय मन्त्रीको सपथ लिएका दिपक बोहरा, विक्रम पाण्डे र जयदेश जोशीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । बोहराल भूमि सुधार, पाण्डे आपूर्ति र जोशी वातावरण मन्त्री भएका छन् । 
 
 शनिबार राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे चासो राखेपछि प्रधानमन्त्रीले आइतबार तेस्रो चरणमा मन्त्रिमण्डल विस्तार गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ