arrow

रियोमा नेयमारको पहिलो गोल, ब्राजिल सेमिफाइनलमा

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
braziliolampic.jpg.jpeg
एजेन्सी ।  जारी रियो ओलम्पिक खेलकुदमा सबैको ध्यान खिँच्ने खेलाडीमध्यका एक हुन् नेयमार। आयोजक ब्राजिल साथै धेरै फुटबल प्रेमीहरूले जारी रियो ओलम्पिकमा नेयमारबाट ठूलो अपेक्षा राखे पनि नेयमारले भने त्यसलाई पुरा गर्न सकिरहेका थिएनन्।
 
शनिबार कोलोम्बिया विरूद्धको क्वाटरफाइनल खेलमा बार्सिलोना स्ट्राइकर नेयमारले खेलको १२ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ब्राजिललाई सुरूवाती अग्रता दिलाए। उक्त गोल नेयमारको जारी प्रतियोगिताको पहिलो गोल पनि हो। 
 
दोस्रो हाफमा लुआनले गोल गरेपछि ब्रजिललाई कोलोम्बिया माथि २-० गोलको जीत हात पर्यो। जितसँगै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। अब ब्राजिलले बुधबार सेमिफाइनमा होन्डुरससँग खेल्नेछ। 
 
यस्तै जर्मनी, होन्डुरस र नाइजेरिया पनि सेमिफाइनलमा प्रवेश गरेका छन्। जर्मनीले पोर्चुगललाई ४-० गोलले, होन्डुरसले दक्षिण कोरियालाई १-० गोलले र नाइजेरियाले डेनमार्कलाई २-० गोलले पाँखा लगाउँदै सेमिफाइलको स्थान पक्का गरेका हुन्।
 
अब फाइनल स्थानमा ठाउँ सुरक्षित राख्नका लागि आयोजक ब्राजिल र होन्डुरस र जर्मनी र नाइजेरियाबीच खेल हुनेछ।



नयाँ