arrow

राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
rpp-nepal-chief-home-stone.jpg

चितवन। राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गए राति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष् भट्टराईले जानकारी दिए। खरालको घरको झ्यालमा ढुङ्गाले हानेर सिसा फुटाइएको छ। अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन्। स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन्।

‘स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस्। राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन्।

घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए। ‘हामीले अनुसन्धान सुरु गरेका छौँ। शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ। अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ