arrow

न्याय परिषद् विधेयक समितिमा, तीन संशोधन विधेयक पेश

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका– संसद्ले न्यायपरिषद् विधेयक, २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 
 
यसअघि प्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक दफावार छलफलका सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 
 
बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् विस्तारसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् । 
 
तीन संशोधन विधेयक पेश 
 
अर्थ समितिका सभापति प्रकाश ज्वालाले व्यवस्थापिका–संसद्को बैठकमा तीन संशोधन विधेयक पेस गरे । प्रस्तुत विधेयकमा लेखा परीक्षण पहिलो संशोधन, कर्मचारी सञ्चयकोष नवौँ संशोधन र नेपाल राष्ट्र बैँक दोस्रो संशोधन विधेयक २०७१ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ