arrow

दुर्गादेवीसहित १० जनाको उपमेयरमा दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
278563336_1015458422420029_6446633433523544788_n.jpg

रामपुर । पाल्पाको रामपुर नगरपालिकाको उपमेयरमा पुरानो राजनीतिज्ञ तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दुर्गादेवी भण्डारीसहित १० जनाले दाबी गरेका छन् । शनिबार र आइतबार भएको कांग्रेस नगरसमितिको बैठकमा नगरपालिकाको आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहेकाहरूको दाबेदारी प्रस्तुत गर्ने क्रममा उनले पनि दाबी गरेका हुन् । 
 
उपमेयरमा दाबी गरेका मध्ये झण्डै ३० वर्षदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय दुर्गादेवी भण्डारीले यस पटक आफूले पाउनु पर्ने अडान राखेकी छिन् । यसअघि पनि आफूले दावी गरेकोमा सहिद पुत्री विष्णुदेवी घिमिरेले दाबी गरेपछि आफूले छोडेको तर अहिले भने आफूले पाउनु पर्ने उनको भनाइ थियो । 

वर्तमान उपमेयर विष्णुदेवी आचार्यले भने अहिले उपमेयरमा दाबी गरेकी छैनिन् । उनले मेयरमा मात्रै दाबी गरेकी छिन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशीलताको हिसाबले आफू सम्भवतः सबैभन्दा पुरानो र अहिलेसम्म कुनै अवसर नपाएकाले अहिले पाउनु पर्ने उनको भनाइ थियो । 

साथै तत्कालीन पाँच गाविस मिलेर बनेको रामपुर नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारमध्ये एक जना तत्कालीन रामपुर गाविसभन्दा बाहिरबाट पनि हुनुपर्नेमा उनले जोड दिइन् ।  

मेयर र उपमेयर दुवै जना तत्कालीन रामपुर गाविसबाट मात्रै हुनु न्यायोचित नहुने, अन्य क्षेत्रले अपनत्व गर्न नसक्ने, चुनावी माहौल पनि अन्यत्र कम पर्ने, तत्कालीन रामपुरमा मात्रै केन्द्रित हुने भएकाले उम्मेदवारहरू छनौट गर्दा भौगोलिक सन्तुलन मिलाउनु पर्नेमा उनले ध्यानाकर्षण गराइन् ।  

अहिले उपमेयरलाई दिइएको अधिकांश जिम्मेवारी आफूले लामो समयदेखि अनौपचारिक रुपमा गर्दै आएकाले काममा कुनै समस्या नहुने स्पष्ट पार्दै उनले अरु कामहरूको पनि धेरै योजना बनाएको जानकारी दिइन् । 
 
पार्टी र साथीहरूले यस पटक आफूलाई अन्तिम मौका दिने विश्वास गर्दै उपमेयरकी आकांक्षी भण्डारीले पार्टीको निर्णय र निर्देशनलाई आफूले पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाइन् । 
 
वरिष्ठता, क्रियाशीलता, योगदान र भौगोलिक सन्तुलनका कारण आफू उपमेयरको उम्मेदवार हुन पाउनु पर्ने दुर्गादेवी भण्डारीको दाबीलाई अन्य उम्मेदवारहरूले पनि स्वभाविक मानेका छन् । तर उनीहरूले पनि आफ्नो दाबी भने छाडेका छैनन् । 

उपमेयरमा काँग्रेसको तर्फबाट दाबी गर्ने अन्य आकांक्षीमा महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, सावित्रा गहिरे, सरस्वती डोटेल, कमला बास्ताकोटी, सितादेवी डोटेल, पवित्र ढकाल पौडेल, भगवतीदेवी खनाल, बालकुमारी थापा र बुद्धिप्रकाश रेग्मी रहेका छन् । 

मेयरका लागि भने यसअघि नै चर्चा भए अनुसार वर्तमान मेयर रमणबहादुर थापा, वर्तमान उपमेयर विष्णुदेवी आचार्य, पार्टीका प्रदेश सदस्य कल्प पौडेल, जिल्ला उपसभामपति ज्ञानबहादुर गाहा, नगर सभापति नेत्र प्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगेश्वर पाठक र पुर्व प्रशासक तथा प्रदेश प्रतिनिधि श्यामकान्त खनालले दाबी गरेका छन् । नगरस्तरबाट सहमति हुने संभावना कम देखिएकाले आकांक्षी सबैको नाम माथिल्लो निकायमा सिफारिस गरिने नगर समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ