arrow

गठबन्धनको बैठक बालुवाटारमा जारी, भागबण्डामै समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
five-partise=2079-election.jpg

काठमाडौं । सत्ताधारी दलहरुको गठबन्धनका नेताहरुबीचको बैठक बालुवाटारमा जारी रहेको छ । सत्ताधारी गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसिरहेको हो । 

स्थानीय तह निर्वाचनका लागि यही बैशाख ११ र १२ गते उम्मेदवारी मनोननय दर्ता गर्ने समय आइसकेको अवस्थामा सत्ताधारी गठबन्धनले साझा उम्मेदवारी तय गर्न सकेको छैन । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठकमा पालिकाहरूको भागबण्डा लगायतका विषयमा छलफल भइरहेको हो । 

दलहरुबीच आ–आफ्ना दाबेदारी आएसँगै समस्या समाधान उन्मुख हुन सकेको छैन । 

यसअघि आइतबार बसेको बैठकमा दलका नेताहररूले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । नेताहरुले जुन पार्टीको बलियो पकड छ उसैलाई नै सघाउने रणनीति बनाउन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताउँदै आइएको छ । 

जारी बैठकले महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ