arrow

लोकमानको सम्पति विवरण माग्नेहरुलाई भ्यानमा कोचेर लछार-पछार

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
lokman-karki.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको सम्पति विवरण माग गरी निवेदन दर्ता गर्न खोज्नमाथि धरपकड भएकाे छ । 
 
निवेदन दर्ताका लागि अख्तियार कार्यालय पुगेका ९ जनालाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले भ्यानमा कोचेर कार्यालय परिसर भन्दा टाढा लगेर लछार्दै जबरजस्ती ओराल्यो । 
 
दिउँसो निवेदन दर्ता गर्न गएका मध्येकी एक खिमा भट्टराईले भनिन्, ‘हामीलाई एक एक गरी निवेदन दिन जान पनि दिइएन । सामूहिक रुपमा जान खोज्दा गेट नजिकै पुगेका बेला लछार पछार गर्दै भ्यानमा कोचियो । फेरी केही माथि पीपल बोटमा लगेर जबरजस्ती तानेर गाडीबाट आेराल्ने काम भयो ।’
हामीले किन हामीलाई हिरासतमा नलिएको ? कि निवदेन दर्ता गर्न दिनुस् भन्दा मानिएन । हामी गाडी सार्वजनिक यातायात चढेर घर फर्किन खोज्दा समेत गाडीबाट ओरालियो ।
 
उनले थपिन्, ‘अस्ति त निवदेन दर्ता भइरहेको थियो । अहिले माथिको आदेश भन्दै कर्मचारीहरुले दर्ता गर्न मानिरहेकै छैनन् ।’ निवेदन दर्ता गर्न गएकाहरु अहिले पनि परिसर नजिकै बसिरहेका छन् ।  
 
दुई साता अघि डा.गोविन्द केसी सोलिडारिटी एलाइन्सकोतर्फबाट कार्कीको सम्पति विवरण माग गर्दै अख्तियारका सूचना अधिकृतलाई केहीले निवेदन दिएका थिए । त्यसको १५ दिन पछि सूचना माग्न समेत केही व्यक्ति अख्तियार पुगेका थिए । 
 
विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले भने, ‘हामीले सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा धरपकड भयो । निवेदन नै दर्ता गर्न नदिनु भनेको लोकतन्त्र र विधिको शासनको ठाडै उल्लंघन होइन र ? ।’ खै सुशासन ? अख्तियारका अधिकारीहरुले आफुहरुले माथिको आदेश पालना गरेको जवाफ दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ