एजेन्सी । ओलम्पिकको हरेक संस्करणमा प्रदर्शन मार्फत आफुलाई बलियो सावित गराउने अमेरिकाले अहिलेसम्म ओलम्पिकमा आफ्नो स्वर्ण संङ्ख्या १ हजार पुर्याएको छ। ब्राजिलमा जारी रियो ओलम्पिकमा समेत अमेरिका पदक तालिकामा २४ स्वर्णसहित अग्रपंङ्तिमै छ।
ओलम्पिकको गत संस्करण लण्डन ओलम्पिक २०१२ मा पनि अमेरिकाले कुल ४६ स्वर्णसहित पहिलो हुँदै यात्रा सुखद् क्षणमा टुङ्गाएको थियो।
यस्तै, सर्वाधिक ओलम्पिक स्वर्ण हात पार्नेमा रूस दोस्रो स्थानमा छ। रूसको खातामा अहिलेसम्म ३९५ स्वर्ण छ। बेलायत र चीन क्रमश तेस्रो र चौंथो स्थानमा छन्। बेलायतको खातामा २४३ र चीनको खातामा २१४ स्वर्ण छ। फ्रान्स २०७ स्वर्णसहित पाँचौं स्थानमा छ।