arrow

कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
congress.jpg.jpeg
काठमाडौं। कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । नौ वर्षपछि भएको महाधिवेशनको चुनावमा प्रतिनिधीहरु उत्सुकतापूर्वक सहभागि हुन पार्टी कार्यालयमा आएका बेला अचानक पार्टी कार्यालयमा ढुङगा प्रहार भएको विद्यार्थीहरुले बताएका छन्। प्रतिनिधी कार्ड र झोला वितरणको प्रक्रिया चलिरहेको अवस्थामा महाधिवेशन वहिष्कार गर्ने घोषणा गरेको बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समुहले पार्टी कार्यालय परिसरमा ढुङगा हानेर झापा नेविसंघका पूर्व अध्यक्ष नविन विमली लगायतलाई चोट लागेको पार्टी कार्यालय निकट स्रोतले जनाएको छ। पछि पार्टी कार्यालयमा सुरक्षामा तैनाथ प्रहरी ढुङ्गा प्रहार गर्नेलाई सामान्य लाठी चार्ज गरि हटाउने प्रयास गरेको थियो। यसक्रममा एक प्रहरीको पनि टाउकोमा ढुङ्गाले लागेर घाइते भए पछि अस्पताल लगेर टाचा लगाइएको प्रहरीले बताएको छ ।
 
रामचन्द्र पौडेल र प्रकाशमानसिंह निकट विद्यार्थीहरुले निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। पार्टी नेता पौडेल र सिंह  पक्षधर पद्मराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईको नेतृत्वमा अहिले पनि पार्टी कार्यालय परिसर बाहिर नारावाजी भइरहेको छ।  
 
आफूहरुलाई पार्टी कार्यालयमा प्रवेश नदिइएको तथा सानेपाको सडकमा समेत नारावाजी भइरहेको अध्यक्षका प्रत्यासी विनिता अधिकारीले बताइन।  गृहमन्त्री काँग्रेस नेता विमलेन्द्र निधीको ठाडो आदेशमा आफूहरुमाथि आक्रमण गरिएको अधिकारीले बताइन। प्रहरीको लाठी प्रहारबाट उर्मिला कँडेल, सौगात थापा, रचना सुवेदी, रमेश रिजाल, अनुज चापागाई, जनक कुमार शाही, संगिता थापा, एनपी आचार्य घाइते भएको उनको भनाई छ। 
 
यता विधिवत महाधिवेशनको माग गर्दै आएको कुन्दन काफ्ले समुहले अविलम्व निर्वाचनको प्रक्रिया सुचारु गर्न माग गरेको छ। आम प्रतिनिधीहरुमा रहे्को अन्यौललाई चिर्दै निर्वाचन हुने आश्वस्त पार्न निर्देशन समिति समक्ष काफ्ले पक्षले माग गरेको छ। पछिल्लो अवस्थाका बारेमा काफ्ले समुहले साँझ ५ वजे वागवजारको हार्दिक होटलमा पत्रकार सम्मेलन गर्ने विद्यार्थी नेता युवराज पाण्डेले जानकारी गराए। 
 
यसैबीच पार्टी कार्यालयमा तनाव भएपछि उम्मेदवारको मनोनयन दर्ता २०७३ श्रावण ३० गते दिनको ३ बजेदेखि ६ बजेसम्म निर्धारित गरिएकोमा प्राविधिक कारणवस कार्यतालिका २०७३ साउन ३१ गते विहान ८ बजेदेखि ११ बजेसम्म गरिने पार्टी कार्यालयले विज्ञप्ती निकालेर जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ