arrow

नेविसंघका ७ अध्यक्षका प्रत्यासी उत्रिए सभापति देउवा विरुद्ध

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघको अध्यक्षका प्रत्यासीहरुले नेविसंघको महाधिवेशन प्रतिनिधीमा असन्तुष्टी जनाउँदै पार्टी नेतृत्वका विरुद्ध उत्रिएका छन्। उनीहरुले महाधिवेशन प्रतिनिधीको नामावली व्यापक धाँधली गरेको र फर्जी मतदाता थपिएको आरोप समेत लगाएका छन्। 
 
मतदाता नामावली उपर दावी विरोधको समय समेत नराखेर धाँधलीलाई वैधता दिन खोजिएको उनीहरुले गम्भिर आरोप लगाएका छन्। अध्यक्षका उमेद्वार पद्मराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईले संयुक्त विज्ञप्ती निकाली पार्टी नेतृत्वले आफूहरुको मागलाई वेवास्ता गरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 
 
अध्यक्षका ७ प्रत्यासीले निकालेको संयुक्त विज्ञप्ती यस प्रकार छः
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ