arrow

गोविन्द केसीलाई पछ्याउँदै भोला रिजाल पुगे तिलाठी

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
tilathi-new.jpg.jpeg
काठमाडौँ । सप्तरीको तिलाठी आसपासका बाढीपीडितको स्वास्थ्योपचारका लागि डां गोविन्द केसीलाई पछ्याउँदै डा. भोला रिजालको टोली समेत त्यहाँ पुग्यो ।
 
बाढीपीडितलाई राहत वितरण गर्न काठमाडौँबाट गएको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँचसमेत गरेको छ । यद्यपि, यो चिकित्सक टोली जानु भन्दा पहिले डा. गोविन्द केसीले घर–घरमा गएर त्यहीँको स्थानीय भाषामा कुरा गर्दै उपचार गरेका थिए । 
 
बाढीपीडितको स्वास्थ्योपचारका लागि भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली शुक्रबार सप्तरी गएको थियो । शुक्रबार र शनिबार दुई दिन शिविर सञ्चालन गरी सात सय बाढीपीडितको स्वास्थ्य जाँच गरेको छ । टोली आइतबार काठमाडौँ फर्किएको छ । 
 
 
जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा १५ जनाको टोलीले सप्तरीको तिलाठी गाविसको रम्पुरामल्हनियाँ, सकरपुरा र बेल्ही गाउँका बिरामीको उपचार गरेको वरिष्ठ चिकित्सक तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अनिलकुमार झाले जानकारी दिए ।  
 
उनका अनुसार स्वास्थ्य परीक्षण गर्न आउनेमा महिला र वृद्धवृद्धा बढी थिए । टोलीले बाढीपीडित जनतालाई खाद्यान्नसहितको राहत सामग्री समेत वितरण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ