arrow

गङ्गामाया बचाऔँ अभियानकर्मी पक्राउ

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
Gangamaya.jpg.jpeg
काठमाडौँ  । अनशनरत गङ्गामाया अधिकारीको जीवनरक्षाका लागि ‘‘गङ्गामाया बचाऔँ अभियान सुरु’ गर्दै प्रधानमन्त्री निवास बालुवाटार धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 
 
छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानी समेत त्यागेर आमरण अनशन सुरु गरेपछि मानवअधिकारकर्मीले उहाँको जीवन बचाउन भन्दै उक्त अभियान आइतबार देखि सुरु गरेका हुन् । 
 
पक्राउ पर्नेमा चरण प्रसार्इँ, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईँ लगायत ११ जना छन् । उनीहरुलाई निधेषित क्षेत्रमा धर्ना बसेको जनाउँदै पक्राउ गरिएको थियो । 
 
मानवअधिकारकर्मी अर्यालले आफूहरु निषेधित क्षेत्रमा नबसेको र शान्तिपूर्ण धर्नामा बसेका बेला प्रहरीले पक्राउ गरेको आरोप लगाए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ