arrow

फेरि विवाद : नामावली सच्याउन भन्दै मनोनयन दर्ताको मिति सारियो

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
nc-nsu-flag.jpg.jpeg
काठमाडौं । नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वको लागि गर्न लागिएको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको काम फेरि सारिएको छ । 
 
मतदाताको विषयमा कुरा नमिलेपछि समय सारिएको भएपनि निर्वाचन समितिले भने आधिकारिक रूपमा मतदाता नामावलीमा समावेश भएकाहरूको नामावलीमा केही सच्याउनु पर्ने भएकोले स्थगित गरिएको बताएको छ । 
 
समितिका सदस्य अरूण कुमार पञ्जियारले मनोनयन दर्ताको काम सोमबारसम्मको लागि स्थगित भएको जानकारी दिए । उनले मतदाताको नाम र थर भिडान गर्दा गल्ती देखिएको गुनासो आएकोले मनोनयनको दर्ता मिति सारिएको बताए ।  
 
यद्यपी प्रतिनिधिलाई परिचयपत्र वितरण लगायतका अन्य कार्यतालिका भने यथावत रहेको समेत उनले बताए । मनोनयन दर्ताको काम भने सोमबार बिहान ८ बजेदेखि सुरू हुने पनि सदस्य पञ्जियारले जानकारी दिए ।
 
निर्वाचन कार्यक्रम
 
१. उम्मेदवारको मनोनयन दर्ता :  २०७३ श्रावण ३१ गते विहान ८ः०० वजेदेखि ११ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते दिउसो १ः३० बजे  ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय  : २०७३ श्रावण ३१ गते दिउसो १ः३० बजेदेखि २ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  : २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजेदेखि ३ः३० बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३१ दिउसो ४ः०० बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३१ गते साँझ ५ः३० वजेसम्म । (दिउसो ११ः०० वजेदेखि साँझ ५ः३० बजेसम्म) ।
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते साँझ ६ः०० बजे ।
९. मतदान : २०७३ श्रावण ३२ गते विहान ०७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना : मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  
 
भरतप्रसाद खरेल
संयोजक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ