arrow

टिम्बुरे हत्या काण्डमा बाँचेकी मनुको निधन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन ३० आइतबार
munu.jpg.jpeg
पाँचथर । एउटै परिवारका ५ जनाको ज्यान लिने गरी २०५० सालमा पाँचथरको लुङरुपा ९ टिम्बुरे हत्या काण्डमा मारिएका दुलाल परिवारमा बाँचेका ज्ञानू र मनू मध्ये मनुको अाइतबार निधन भएको छ ।
मनुको अमेरिकाको न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा निधन भएको हो ।
 
 मनु करिव दुईवर्ष अगाडी डाइभरसिटि भिसा मार्फत श्रीमान नरेश र छोराछोरीका साथ अमेरिका पुगेकी थिइन । २०१४ उनी डाइभरसिटि भिसा मार्फत श्रीमान नरेश प्रसाई, एघार बर्षीय छोरा निसम र पाँच बर्षिया छोरी निष्ठाका साथ प्रबेश गरेकी थिइन । अस्पतालले मनुलाई ब्रेन स्ट्रोक भएको भनेको छ । पहिल्यैवाट मुटुको समस्या रहेकी मनुको एक्कासी रक्तचाप वढेपछि अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ ।
 
मनुका पिता कुवेर दुलाल, आमा सरसस्वती रिजाल वहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्वव दुलाल (५ जना) को टिम्बुरे हत्या काण्डमा ज्यान गएको थियो । लुङरुपा ९ का कुवेर दुलाललाई छिमेकी नाँगीन गाविस वडा नम्वर ३ सेजेपामा र  उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण,उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
 
बाबु आमा र भाई बहिनीको हत्या भएका बखत मनु नांगीनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरी स्थित आफन्तको घर गएकी थिइन । परिवार भित्रै आपसी लेनदेन र राजनितीक विषयमा विवाद भएपछि उनीहरुको हत्या भएकाले सो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ