arrow

प्रहरीको कुटाइ खाएका नेविसंघका राकेशलाई सिटी स्क्यान गर्न लगियो

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
rakesh-shrestha.jpg.jpeg
काठमाडौं। नौ वर्षपछि भएको महाधिवेशनको चुनावमा प्रतिनिधीहरु उत्सुकतापूर्वक सहभागि हुन पार्टी कार्यालयमा आएका बेला अचानक पार्टी कार्यालयमा भएको ढुङगामुढा पछि प्रहरीसँग भएको मुठभेडमा घाइते भएका विद्यार्थी नेता राकेश श्रेष्ठलाई थप उपचारका लागि सिटी स्क्यान गर्न लगिएको छ। घाइते अवस्थामा ललितपुरको स्थानिय स्टार अस्पतालमा उपचार गरिरहेका श्रेष्ठले वान्ता गरेपछि थप उपचारका लागि उनलाई सिटी स्क्यान गर्न लगिएको हो। सो स्पतालमा सिटी स्क्यानको सुविधा नभएको बताइन्छ। उनलाई अर्का विद्यार्थी नेता सन्तोष पाण्डेले उपचारका लागि लगेका थिए। 
 
प्रतिनिधी कार्ड र झोला वितरणको प्रक्रिया चलिरहेको अवस्थामा महाधिवेशन वहिष्कार गर्ने घोषणा गरेको बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समुहले पार्टी कार्यालय परिसरमा ढुङगा हानेर झापा नेविसंघका पूर्व अध्यक्ष नविन विमली लगायतलाई चोट लागेको पार्टी कार्यालय निकट स्रोतले जनाएको छ। पछि पार्टी कार्यालयमा सुरक्षामा तैनाथ प्रहरी ढुङ्गा प्रहार गर्नेलाई सामान्य लाठी चार्ज गरि हटाउने प्रयास गरेको थियो। सो क्रममा विद्यार्थीले हानेको ढुङ्गाबाट ललितपुरका एसपी सिहंको हातमा चोट लागेको छ । त्यसै गरि सशस्त्रका जवान टाउको फुटेको कारण उनलाई अस्पताल लगि टाँचा लगाइएको छ । अन्य एक असई सहित अन्य केहि जवान समेत घाइते भएको ललितपुर प्रहरीले जनाएको छ ।    
 
रामचन्द्र पौडेल र प्रकाशमानसिंह निकट विद्यार्थीहरुले निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। पार्टी नेता पौडेल र सिंह  पक्षधर पद्मराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईको नेतृत्वमा अहिले पनि पार्टी कार्यालय परिसर बाहिर नारावाजी भइरहेको छ।  
 
आफूहरुलाई पार्टी कार्यालयमा प्रवेश नदिइएको तथा सानेपाको सडकमा समेत नारावाजी भइरहेको अध्यक्षका प्रत्यासी विनिता अधिकारीले बताइन। गृहमन्त्री काँग्रेस नेता विमलेन्द्र निधीको ठाडो आदेशमा आफूहरुमाथि आक्रमण गरिएको अधिकारीले बताइन। प्रहररीको लाठी प्रहारबाट राकेश श्रेष्ठ, उर्मिला कँडेल, सौगात थापा, रचना सुवेदी, रमेश रिजाल, अनुज चापागाई, जनक कुमार शाही, संगिता थापा, एनपी आचार्य घाइते भएको उनको भनाई छ। 
 
यता विधिवत महाधिवेशनको माग गर्दै आएको कुन्दन काफ्ले समुहले अविलम्व निर्वाचनको प्रक्रिया सुचारु गर्न माग गरेको छ। आम प्रतिनिधीहरुमा रहे्को अन्यौललाई चिर्दै निर्वाचन हुने आश्वस्त पार्न निर्देशन समिति समक्ष काफ्ले पक्षले माग गरेको छ। पछिल्लो अवस्थाका बारेमा काफ्ले समुहले साँझ ५ वजे वागवजारको हार्दिक होटलमा पत्रकार सम्मेलन गरेको विद्यार्थी नेता युवराज पाण्डेले बताए। 
 
पार्टी कार्यालयमा तनाव भएपछि उम्मेदवारको मनोनयन दर्ता २०७३ श्रावण ३० गते दिनको ३ बजेदेखि ६ बजेसम्म निर्धारित गरिएकोमा प्राविधिक कारणवस कार्यतालिका २०७३ साउन ३१ गते विहान ८ बजेदेखि ११ बजेसम्म गरिने पार्टी कार्यालयले विज्ञप्ती निकालेर जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ