arrow

स्वार्थी राजनीतिः मेयरको टिकट नपाउने भएपछि कांग्रेस छाडे मातृकाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
matrika-yadav-congress-rupendehi-left.jpg

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए । एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।

यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उनले आपत्ति जनाएका छन् ।

‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका हुन् । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए, उनी संविधानसभा सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ