arrow

कार्की नै बने अख्तियार प्रवक्ता

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
CIAA-offce.....JPG.jpeg
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कृष्णहरि पुस्करलाई दिइएको जिम्मेवारी आइतबारदेखि गणेशराज कार्कीको लागि तोकिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 
विज्ञप्तीमा भनिएको छ ‘आजैका मिति देखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव गणेशराज कार्की र सहायक प्रवक्तामा उपसचिव खगेन्द्र प्रसाद रिजाललाई तोकिएको छ ।’ 
 
अब आधिकारिक रूपमा अख्तियारको कुनैपनि विषयको जानकारीको लागि प्रवक्ता र सहायक प्रवक्तासंग सम्पर्क गर्न अख्तियारले आग्रह पनि गरेको छ ।
 
सम्पर्कको लागि प्रवक्ता कार्कीलाई टेलिफोन नं. ०१–४४४०१५१ (एक्सटेन्सन नं. २०२) मोबाईल नं.– ९८५१२४४१८८ र सहप्रवक्ताको उपसचिव रिजाललाई टेलिफोन नं. ०१–४४४०१५१ (एक्सटेन्सन नं. २११) वा मोबाईल नं. ९८५११८७३०८ मा सम्पर्क गर्न सकिने पनि अख्तियारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ