arrow

मोटरसाइकल चोरेर भागेका दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
pakrau9.jpg

तनहुँ । तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका-११ साँखे बस्ने ४३ वर्षीय भीमबहादुर थापाको घरमा पार्किङ गरी राखेको ध१प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका-८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ