arrow

यसकारण कमल थापाले त्यागे राजसंस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
kamal-thapa3.jpg

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था त्याग्नुको कारण खुलाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा दुई वटा ट्वीट बिहीबार बिहान गर्दैै राजसंस्थाको एजेन्डा त्याग्नुपरेको बारे संकेत गरेका हुन् । 

उनले एउटा ट्वीटमा लेखेका छन्, ‘देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै हामीले सम्वर्द्धनवादको बाटो रोजेका हौँ । सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दूत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बचाउँछ । संजीवनीको काम गर्छ।’

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘इतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जनसर्वोच्चताको बाटोमा हिँड्नु वर्तमान समयको माग हो । कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन् । कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन् । हिजो वीपी, मदनलाई गाली गर्नेहरु आज उनीहरुको दूरदर्शिताको प्रशंसा गर्छन् ।’

थापाको पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ