arrow

उपप्रधानमन्त्री महरा सोमवार चीन जाँदै

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
Krishna_Bdr_Mahara.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दैछन् ।  चीनमा रहँदा महराले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र पनि महराले सम्बन्धित अधिकारीलाई हस्तान्तरण गर्नेछन् ।
 
“विशेष दूतका रुपमा उपप्रधानमन्त्रीज्यूको चीन भ्रमण हुन लागेकाले लक्ष्य र उद्देश्यमा केन्द्रित रहेर चिनियाँ उच्च अधिकारीहरूसँग छलफल गर्नुहुनेछ” – पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धि सम्झौताबारे पनि परामर्श हुने जानकारी दिँदै सचिव वैरागीले भने । 
 
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु तथा चिनियाँ पक्षलाई सम्पूर्ण रुपमा आश्वस्त तुल्याउनु उपप्रधानमन्त्री महराको चीन यात्राको मुख्य उद्देश्य हो ।  उपप्रधानमन्त्री महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ