arrow

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
ncp-uml-party-head-office-hq-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र  जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेको हो । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।

स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

सल्लाहकार परिषद्‌को बैठक पनि बस्दै

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ