arrow

भित्रभित्रै संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र : एमाले (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौ । प्रमुख विपक्षी एमालेले वर्तमान अहिले राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ । 
 
सरकारबाट बाहिरिएपछि पहिलो पटक आइतबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको स्थायी समिति बैठकले नयाँ सत्ता समीकरणसंगै तहगत निर्वाचन सम्पन्न गर्ने विषयमा उदासिनता देखिएको र भित्रभित्रै राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएको हो । 
 
एमालेले अहिले भइरहेका विभिन्न जालझेलप्रति सजग हुन आम नागरिकलाई आग्रह समेत गरेको छ । 
 
यस्तै, बैठकमा एमाले अध्यक्ष केपी ओलीले मुलुकको राष्ट्रिय एकता र संविधान कार्यान्वयन, पार्टी निर्माण जस्ता विषयलाई केन्द्रमा राखेर आगामी दिनभा अघि बढ्ने दृढता जनाए ।  
 
अध्यक्ष ओलीले संविधान कार्यान्वयनका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने धारणा समेत राखे । 
 
बैठकका सहभागिहरुले समेत अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । बैठक सोमबार विहान ११ बजे फेरि बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ