arrow

वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा क्षती

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन ३० आइतबार
rolpa-news-aaja.png.png
रोल्पा । आइतबार दिउसो परेको अविरल वर्षाका कारण रोल्पा जिल्लाका विभिन्न स्थानमा ठूलो क्षती भएको छ ।  
 
लिबाङ ६ सात्तालेखोला पर्यटन बस्ती रोल्पा स्थित तिलसरा खड्काकोे घर बगाउदा करिव ५ लाख बराबरको क्षती भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 
 
उनका अनुसार लिबाङ–६ थलिबाङमै रुख ढल्दा गोमा डाँगीको करिव २ लाख बराबरको ढेब्लीमा क्षती भएको छ, भने सात्ताले खोलामा निर्माणाधिन अवस्थामा रहेको टिकट काउन्टर खोलाले बगाएको छ । 
 
यस्तै, लिबाङ ६ स्थित कालोपहिरो भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।  
 
यस्तै, माथिबाट खसेको पहिरोका कारण सोलाबाङ स्थित बसपार्क पहिरोको जोखिममा रहेको बताइएको छ । जिल्ला शिक्षा कार्यालय रोल्पाको वाल खस्दा कार्यालयमा क्षती पुगेको प्रहरीले जनाएको छ । 
 
जिल्ला विकास समितिको बन्दै गरेको भवनमा पनि पहिरोले क्षती गरेको छ । यसरी क्षतीग्रस्त स्थानमा उद्दारका लागि नेपाली सेना, प्रहरी लगायत स्थानीयहरु पनि खटिएका छन् । जिल्ला भर के कति क्षती भयो भन्ने बारेमा थप विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ