arrow

लागुऔषधसहित १८ वर्षका रञ्जन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
Ranjan sunar.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं.१६ घर भई हाल पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड बस्ने वर्ष १८ का रञ्जन सुनार रहेका छन् । 

बुधबार ईलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पोखरा ३० पावरहाउसमा सवारीसाधन चेकजाँच गर्ने क्रममा तनहुँबाट पोखरा आउँदै गरेको बसमा सवार सुनारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।  

सुनारको साथबाट डाईजापाम-५० एम्पुल, फेनेरागन-५० एम्पुल र नुर्फिन-५० एम्पुल गरी जम्मा-१५० एम्पुल लागूऔषध र एक थान मोबाईल बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ परेका सुनारलाई कास्की जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ