arrow

चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
ncp-uml-party-head-office-hq-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । 

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । 

कम्युनिष्ट पार्टी स्थापनाको ७३ औं वर्षगाठ मनाएपछि नै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । स्थापना दिवसको अवसर पारेरै च्यासलमा पार्टी कार्यालय सार्न लागिएको हो । 

घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आफ्नो चुनावी घोषणा पत्र जारी गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ