सरावगीले दिए राजीनामा, गाडी र त्यसको साँचो समेत बुझाए
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
950
Shares
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख विजय कुमार सरावगीले आफुले प्रमुख पदबाट राजीनामा दिएका छन् ।
बहालवाला महानगर प्रमुख सरावगीले आउँदो स्थानीय तहको निर्वाचनमा पुन प्रमुख पदको रूपमा उम्मेदवार बन्ने पक्का पक्की भएपछि हिजै नगर उपप्रमुख समक्ष राजीनामा बुझाएका हुन ।
उम्मेदवारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रबधानलाई टेक्दै उनले हिजो नगरपालिकामै पुगेर राजीनामा दिएका हुन् ।
यसअघि उनले अस्तीमात्र आफुले प्रयोग गर्दै आएको गाडी र त्यसको साँचो समेत प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डेलाई बुझाएका थिए ।