arrow

रियो ओलम्पिकः टेनिसको उपाधि मरेलाई

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
andy-murray.jpg.jpeg
रियो। ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकको टेनिसको स्वर्णपदक ब्रिटिश खेलाडी एन्डी मरेले जितेका छन्। सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रोलाई हराएर मरेले स्वर्ण पदक जितेका हुन्। मरेले पोट्रोलाई ७–५, ४–६, ६–२ र ७–५ को सेटमा हराएका हुन्। जितका लागि मरेले ४ घण्टा २ मिनेट कोर्टमा संघर्ष गर्नुपरेको थियो। 
 
मरे ओलम्पिकमा पुरुष एकलमा दुई वटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्। मरेले यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा पनि पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। पोट्रोले सेमिफाइनलमा स्पेनमा राफेल नाडाललाई तथा मरेले जापानका केइ निशिकोरीलाई हराएका थिए। पोट्रोले रजत पदकमा चित्त बुझाउँदा नाडाललाई हराएर निशिकोरीले कास्य पदक जिते। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ