arrow

'नत्र सधैँका लागि कांग्रेस परित्याग गर्नेछौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
manoj-kumar-shah.PNG

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर सभापति मनोज कुमार साहले सभापति पद र साधारण सदस्यबाट समेत राजीनामाको घोषणा गरेका छन् । शुक्रवार सभापति साहले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस परित्यागको घोषणा गर्दै जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।

नगर सभापति साहले नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकामा जसपासँग गठबन्धन गरी मेयर पद छोडेकोप्रति आपत्ति समेत जनाएका छन् । उनले भने, ‘मधेश प्रदेशको राजधानी जनकपुरधाम नेपाली कांग्रेसको उर्वरक भूमि हो । जनकपुरधामको मेयर पदमा नेपाली कांग्रेसलाई नदिई जसपालाई दिने निर्णय आत्मघाती निर्णय हो । यस्ता निर्णयले नेपाली कांग्रेसले आफ्नो घरमा आगो लगाउने कार्य गरेको छ ।'

'कांग्रेस गढलाई समाप्त गर्ने प्रयास गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो गर्न नहुने थियो । त्यसपछि पनि निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थियौँ, तर निर्णयलाई सच्याइएन । वैशाख ११ गतेभित्रमा निर्णय सच्याएमा कांग्रेसमै पुनः फर्किनेछु, नत्र स्वतन्त्रबाट उम्मेदवारीका साथै सधैँका लागि नेपाली कांग्रेस परित्याग गर्नेछौँ ।’

जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडामा नेपाली कांग्रेसकै अनुहार को उम्मेदवार हुन्छ । तर चुनाव चिन्ह छाप स्वतन्त्रबाट हुन्छ साहले भने, कांग्रेसको यस्ता क्रियाकलापबाट जिल्ला घरका नेपाली कांग्रेसमा आबद्धहरू असन्तुष्ट छन् । अहिले पनि निर्णय सच्याउन समय बाँकी छ । समयमा कांग्रेसले निर्णय नसच्याएमा बाध्य भएर नेपाली कांग्रेस छोड्ने नै छौं । आजबाट हामी नेपाली कांग्रेसको झण्डा बोक्दैनौँ ।’

उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकै अनुहार विजयी हुने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साहसहित साढे दुई सय सक्रिय सदस्यले राजीनामा दिएको नगर सभापति साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ