arrow

एमालेको घोषणपत्र : माधव नेपाल गन्ध छैन, कांग्रेस र गठबन्धित कम्युनिस्टमाथि प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
uml-ghonapatra-local-2079.jpg

काठमाडौं । नेकपा एमालेले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि आफ्नो घोषणा पत्र जारी गरेको छ। शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।

यसअघि गत मंगलबार नेकपा एकिकृट समाजवादीले पनि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । नेकपा एकिकृत समाजवादीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेमाथि कयौं, टिकाटिप्पणी, आलोचना र ओरोपहरु तोकेर लगाइएको छ ।

यद्यपि, एमालेको घोषणा पत्रमा भने माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीको कुनै कुरा समावेश छैन् ।

जनादेशको विस्थापन, परमादेशको शासन र्शीषकमा घोषणपत्रमा गठबन्धनको आलोचना गरिएको छ । घोषणा पत्रको सातौं पृष्ठको अन्त्यदेखि आठौंको सुरुमा एउटा लाइन छ त्यसमा मात्रै एमालेबाट नेपाल समुह अलग भएको सुईंको लाग्छ । 

मुलुकले हासिल गरेको राजनीतिक स्थायित्व र सामाजिक आर्थिक रुपान्तरण तथा समृद्धिको जगलाई भत्काउने प्रयोजनका लागि कुटिल तरिकाले अध्यादेश जारी गरेर नेकपा (एमाले)लाई चोइट्याउने काम गरियो । विपरीत विचारधारा एवं पृष्ठभुमिका समुहहरुको अवसरवादी गठबन्धन निमार्ण गरियो, घोषणा पत्रमा उल्लेख छ ।

बरु नेपाली कांग्रेसलाई भनेर एमालेको घोषणा पत्रमा तोकेरै आलोचना गरिएको छ । 'दुई दुई पटक बहुमतको सरकार चलाएको र आफुलाई मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक शक्ति दाबी गर्ने नेपाली काङ्ग्रे आज वैचारिक स्खलन, राजनीतिक विचलन र पहिचानको सङ्कट झेलिरहेको छ,' घोषणा पत्रमा उल्लेख छ । 

'सत्ता स्वार्थ र नेकपा (एमाले) प्रतिको पूर्वाग्रह, भय र प्रतिशोधको भावनाले यो पार्टी आज जस्तासुकै दल या पक्षहरूसँग पनि साँठगाँठ गर्न, सत्ता टिकाउनका लागि जस्तासकैु संस्थामाथि पनि प्रहार गर्न र लोकतान्त्रिक संरचनालाई भताभुङभु्ग पार्न उद्यत देखिएको छ,' एमालेको घोषणा पत्रमा लेखिएको छ ।

यसबाहेक पूरै सत्तागठबन्धनभित्रका कम्युनिस्ट दललाई पनि एमालेको घोषणा पत्रले प्रहार गरेको छ । 

'आफूलाई वामपन्थी भन्ने के ही व्यक्ति र समुहको वैचारिक स्खलन र राजनीतिक विचलन उदाङ्गो भएको छ । वामपन्थीसरकार ढालेर दक्षिणपन्थीहरूलाई सरकारको नेततृत्व सुम्पनु, मुलुककै नेततृ्वदायी शक्तिका रुपमा स्थापित कम्युन्युिष्ट आन्दोलनलाई विभाजित गरेर त्यसको एउटा हिस्सालाई नेपाली काङ्ग्रेस नेतृत्वको मोर्चाभित्र एउटा मामुली अङ्गका रुपमा विलयन गर्नु र स्थायित्व एवं समृद्धिको अभियानलाई विफल पार्न निर्णायक भमिू का खेल्नुले उनीहरूभित्र निहित दक्षिणपन्थी अवसरवादलाई अभिव्यक्त गरेको छ,'  घोषणा पत्रमा लेखिएको छ ।

'विचारमा दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकताको प्रतिनिधित्व गर्नेयी पात्र र समहहरू अझै पनिदक्षिणपन्थी शक्तिको छहारीमुनि ओत लागेर समाजवादको कुरा गर्दैछन्। योभन्दा हास्यास्पद प्रहसन अरु के हुन सक्छ ?,' एमालेको घोषणा पत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ