arrow

विश्व क्रिकेट लिगमा नेपालले नेदरल्याण्ड्ससंग खेल्दै, खोजी जितको

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
icc.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार दिउँसो आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध दोस्रो खेल खेल्दैछ । खेल गत शनिबार भएकै मैदान एम्स्टेलभिनमा दिउँसो २.४५ बजे सुरु हुनेछ । 
 
यसअघि शनिवार भएको पहिलो खेलमा नेपाल ७ विकेटको लज्जास्पद पराजय बेहोर्न बाध्य भएको थियो । दोस्रो खेलमा बदला लिन नेपाल आतुर देखिए पनि सजिलो भने छैन ।
 
बेलायतमा अभ्यास गरेर नेपाली टिम पोख्त भएको जनाइए पनि खेलमा भने न बलिङ चल्यो न त ब्याटिङ नै । 
 
 
९४ रनमै समेटिएको नेपालमाथि नेदरल्याण्ड्सले १६.५ ओभरमै विजय हासिल गरेको थियो । 
 
८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौं स्थानमा रहेको छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शिर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंक मात्रै जोडेको छ ।
 
 नेपालले यसअघि पाँच खेल हारिसकेकाले सोमबारको खेलमा जित हासिल गर्न सकेन भने अर्को चरण पुग्ने सम्भावना लगभग टुंगिने छ । 
 



नयाँ