arrow

राप्तीसोनारीको अध्यक्षमा इन्जिनियर डाँगीले उम्मेदवारी दिँदै

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ वैशाख १० शनिबार
prem-dangi-engineer-raptosonari.jpg

नेपालगन्ज । स्थानीय तहको निर्वाचनका लागि राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा युवा इन्जिनियर प्रेम डाँगीले उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्तीसोनारीमा निकै चर्चित इन्जिनियर डाँगीले परिवर्तनका लागि आफूले उम्मेदवारी दिने बताएका हुन् ।

देशभर युवा अगाडि आइरहेको बेलामा उनले उम्मेदवारी दिने बताएपछि राप्तीसोनारीमा नयाँ तरङ्ग उत्पन्न भएको छ। राप्तीसोनारी  वडा नम्बर ५  का स्थानीयवासीसमेत रहेका डाँगीले उम्मेदवार बन्ने बताएपछि युवाहरुसहित धेरैले अब राप्तीसोनारीमा युवाको खाँचो रहेको बताउन शुरु गरेका छन् ।

स्थानीय  जनताका माझ निकै परिचित ३१ वर्षीय डाँगी सामाजिक सेवामा समेत अगाडि रहँदै आएका छन् । स्थानीयको दुःखमा हैसेमा होस्टे गर्ने इन्जिनियर  डाँगीले उम्मेदवारी दिने बताएपछि राप्तीसोनारीको राजनीतिक माहोल नै एकाएक चर्चामा आएको छ।

उनले सोमबार उम्मेदवारी दर्ता गर्ने बताएका छन् । उनले उम्मेदवारी दिने बताएपछि समाजिक सन्जालभर अब खाँचो युवा इन्जिनियर डाँगी भन्ने नारा लेखिएको देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ