arrow

कर्तव्य ज्यान मुद्दामा फरार भएकी एक महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
pakrau9.jpg

सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ की रानीदेवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका वडा नं. ५ मलेखपुर गाउँबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजविराज सडकको ठाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय राजबिराज पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ