arrow

ओलम्पिकको १०० मिटर दौडमा उसेन बोल्टलाई लगातार तेस्रो स्वर्णपदक

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
bolt.jpg.jpeg
रियो। जमैकन तीव्र गतिका धावक उसेन बोल्टले ओलम्पिक खेलकुदमा कीर्तिमान रचेका छन्। बोल्टले ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकको पुरुष सय मिटर दौडमा स्वर्णपदक जितेर लगातार तीन ओलम्पिकमा सय मिटर दौडमा स्वर्ण जित्ने कीर्तिमान बनाएका हुन्। 
 
रियोमा निर्धारित दूरी ९.८१ सेकेण्डमा पूरा गर्दै बोल्टले लगातार तेस्रो पटक ओलम्पिक स्वर्ण जितेका हुन्। यो स्पर्धामा अमेरिकन धावक जस्टिन ग्याट्लिन दोस्रो तथा क्यानेडियन आन्द्रे डे गासे तेस्रो भए। ग्याट्लिनले ९.८९ सेकेन्डमा दौड सकाएका थिए।
 
बोल्टले यसअघि सन् २००८ को बेईजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए। रियो ओलम्पिकमा बोल्टले अब पुरुष २ सय मिटर तथा चार गुणा सय मिटर रिलेमा दौडिन बाँकी छ। बेईजिङ र लण्डन ओलम्पिकमा पनि बोल्टले तीनवटै ईभेन्टमा स्वर्ण पदक जितेका थिए।
 
बोल्डलाई चितुवाभन्दा पनि तीव्र गतिमा दौडन सक्ने क्षमता भएको खेलाडीको रुपमा मूल्यांकन गरिदै आएको पाइन्छ । उनले अर्को वर्ष सन्यास लिने बताइसकेका छन्। एक सय मिटर दौड जितेसंगै बोल्टले ‘मैले अझै दुई वटा स्वर्णपदक जित्नुछ त्यसपछि ओलम्पिकबाट विदा हुन्छु ।’ भनेका छन् । 



नयाँ