arrow

लरबराएको बोली

एक्कासी बाउँटिए माधव नेपाल, गठबन्धनमा एमालेले जितेका सबै पालिका आफूले पाउनु पर्ने दाबी 

दुई दिन उम्मेदवारी दर्ताको समयप्रति सशंकित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
madhav-kumar-nepal-ncp-socialist.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी मनोनयनको समयसीमा राख्नुमा षडयन्त्रको आशंका रहेको जनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ बैशाखमा उम्मेदवारी दर्ताको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् । 

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस) ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘झन् एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उनले ११ बैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ बैशाखमा नोमिनेसन फाइल गर्लान्, मान्छेको अनुहार हेरिकन १२ बैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउँला भनेर सोचेका होलान् ।’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गरे । 

 ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान्, अरुले पनि जान्दछन् । तर, ती तिकगडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ