arrow

नेविसंघ चुनावमा होमियोः मनोनयन दर्ता जारी

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा सोमबार बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु भएको हो । कोही पनि नछुटुन् भन्ने उद्धेश्य राखेर मनोनयन दर्ता गर्ने समय सोमबार दिउँसो १ बजेसम्मका लागि गरिएको निर्वाचन समितिका सदस्य अरुणकुमार पञ्जियारले जनाएका छन् । 
 
यसअघि ८ बजेदेखि ११ बजेसम्मको समय तोकिएको थियो । पञ्जियारले भने ‘असन्तुष्टले गर्दा महाधिवेशन सोचेभन्दा बढी लम्बियो, तसर्थ अब सबै पक्षले समान अधिकारसहित चुनावमा भाग लिने वातावरण बनाउन दुई घण्टा थप गरेका हौं ।’
 
मनोनयन दर्ता गर्ने समयमा केही विरोधका आवाज पनि गुञ्जिएका छन् । पञ्जियारले ‘यो सामान्य प्रक्रिया हो, विरोध आउनु कुनै नौलो हैन’ भने । निर्वाचनका लागि ३७६० प्रतिनिधिको चयन भएको छ । निर्वाचनको पहिलो नम्बरको कार्यक्रममा दुई घण्टा समय थप भए पनि बाँकी कार्यक्रम भने यथावत् रहेको निर्वाचन समितिले जनाएको छ । 
 
निर्वाचन कार्यक्रम के छन् त –
१। उम्मेदवारको मनोनयन दर्ता २०७३ श्रावण ३१ गते विहान ८ः०० वजेदेखि १ः०० वजेसम्म । 
२। उम्मेदवारको पहिलो नामावली प्रकाशन २०७३ श्रावण ३१ गते दिउँसो १ः३० बजे  ।
३। उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय  २०७३ श्रावण ३१ गते दिउसो १ः३० बजेदेखि २ः०० बजेसम्म ।
४। दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजे ।
५। उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजेदेखि ३ः३० बजेसम्म ।
६। दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन २०७३ श्रावण ३१ दिउसो ४ः०० बजेसम्म ।
७। उम्मेदवारीको नाम फिर्ता २०७३ श्रावण ३१ गते साँझ ५ः३० वजेसम्म । 
८। उम्मेदवारको अन्तिम नामावली प्रकाशन स् २०७३ श्रावण ३१ गते साँझ ६ः०० बजे ।
९। मतदान २०७३ श्रावण ३२ गते विहान ०७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी नगरमा हुनेछ ।
१०। मतगणना  मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ