arrow

एमालेले मोरङमा उम्मेदवारको नाम टुंग्यायो

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख १० शनिबार
CPN-UML-Flag.jpeg

मोरङ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा ९एमाले०ले मोरङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । नाम भने सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुंग्याइएको छ । 

यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ । यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ । 

एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुंग्याएको छ ।  

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आजै बेलुकासम्ममा सबै पालिकाको उम्मेदवारको नामावली सार्वजनिक गरिने बताए । विराटनगरसहित आजै सबै उम्मेदवारको विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ