arrow

नेविसंघ चुनावी मैदानमा डिग्री टपर सचिता

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
Sachita-Kuikel.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको जारी ११ औं महाँधिवेशनमा उम्मेदवारी घोषणा गरेकाहरुलाई यतिबेला चुनावी चटारोले भ्याइनभ्याइ छ। विभिन्न गुट र उपगुटले भिजेको नेविसंघमा स्वच्छ उमेदवारी गर्नेदेखि दाइदिदीको घर धाउनेसम्मका उम्मेदवार देखिएका छन्। तन्किदो यस महाधिवेशनमा भर्खरै क्याम्पस राजनीति सुरु गरेकादेखि डिग्री हासिल गरेका अनुहारसम्म मैदानमा छन् । यसै मध्येकी एक हुन् नुवाकोटकी सचिता कुइँकेल।
 
वि.सं.२०५७ सालताका स्कुल धाउँदै गर्दा राजनीतिको र बुझेर नेपाली कांग्रेस जिन्दाबाद भन्दै चारतारे झण्डा बोकेकी संचितासँग स्कुलेहरु तर्क गर्न लागि पर्थे। विपीको नाम र काम बारे थोरबहुत पढेकी उनलाई तर्क गर्नेहरु सँग भिड्न गाह्रो थिएन। उनै सचिताले २०६६ सालमा भएको स्ववियु निर्वाचनमा नेपाल ल क्याम्पसबाट कोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरिन। ल क्याम्पसमा अध्ययन गर्दै गर्दा नेविसंघको इकाइ सचिव हुँदै अध्यक्ष सम्म हुन उनलाई उनको क्षमताले साथ दियो। विपीबाट प्रभावित उनी व्यक्तिको गुट भन्दा विचारको गुट नेविसंघ भित्र आवश्यक रहेको बताउँछिन। 
 
नेपाल ल क्याम्पसबाट एलएलएममा संवैधानिक कानुन तर्फ गोल्ड मेडलिस्ट उनी ग्रामिण विकास विषयको समेत डिग्रि टपर हुन। शान्त तथा सालिन स्वभावकी उनी राजनीतिमा शिक्षित वर्ग नै बढी सक्रिय हुनु पर्ने अवस्था आएको विचार राख्छिन। हाल जारी एघारौं महाधिवेशनमा खुला महिला छात्रा तर्फ उनै सचिताले सह–महामन्त्री पदकालागि उमेदवारी घोषणा गरेकी छिन। 
 
खस्कदो शैक्षिक गुणस्तरका विषयमा विद्यार्थी माझ बहस चलाइनु पर्छ भन्ने मान्यता राख्ने उनी उच्च शिक्षालाई सबैको पहुँचमा पुयाउनु पर्ने जिम्मेवारीको नेतृत्व नेविसंघले लिनुपर्ने बताउँछिन। अबको शिक्षा नाम मात्रको आधुनिक भन्दा पनि काम सहितको आधुनिक हुनुपर्छ भन्दै उनले सबै क्षेत्र,स्तर र समुदायमा सरोकारवालाहरु गम्भिर हुनु पर्ने बताउँछिन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ